ढाका : बंगलादेशले कोभिड–१९ नियन्त्रणका लागि जारी बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारलेबन्दाबन्दीको अवधि बढाए पनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बंगलादेशले महामारी फैलिन नदिन गतमहिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो । यहाँको मन्त्री परिषद्ले आइतबार एक सूचनामार्फत् यो निर्णय सार्वजनिक गरेको हो ।
पछिल्लो पत्र अनुसार सरकारले आइतबार मध्यरातदेखि स्वास्थ्य नियमहरू पालना गर्ने सर्तमा सार्वजनिक यातायात सेवाहरू पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड– १९ विरूद्धको अभियानमा बंगलादेशले अप्रिल १४ देखि २१ सम्म ८ दिन कडा लक डाउनघोषणा गरेको थियो भने पछि यसलाई चरणबद्ध रूपमा मे २३ सम्मका लागि विस्तार गरेको थियो ।
हालका दिनहरूमा कोभिड–१९ संक्रमण र मृत्यु दरमा न्यूनता आउन थालेपछि प्रतिबन्धहरूलाई सहज बनाइएको हो । कोभिड–१९ बाटअहिलेसम्म संक्रमिमित संख्या ७ लाख ८७ हजार ७२६ पुगेको छ भने १२ हजार ३४८ को मृत्यु भएको छ । आधिकारिक तथ्यांककाअनुसार बंगलादेशमा कोभिड–१९ संक्रमितको मृत्यु दर १.५७ प्रतिशत छ र निको भएकाको संख्या ९२.६५ प्रतिशत छ ।