कपिलवस्तुमा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार

२०७८, ६ जेष्ठ बिहीबार ०९:२०

जेठ,बुटवल नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको तौलिहवाजीतपुरसडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको हो

कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको घाइते पाण्डेकोयुनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको

पाण्डेको शरीरबाट एउटा गोली निकालिएको अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराजभण्डारीले बताए पाण्डेको अवस्था मध्यम रहेको उनले बताए

निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको डीएसपी भण्डारीले बताए गोली लागेकापाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु