काठमाडौं : नबिल बैंकको आइ–कार्डको लागि वेबसाइटमार्फत नै आवेदन दिन सकिने भएको छ । नबिल बैंकले आफ्नो ग्राहकहरुकोसुबिधालाई ध्यानमा राखेर बैंकको वेबसाइटमार्फत नै नबिल आइ–कार्डको लागि निवेदन दिने व्यवस्था ल्याएको हो ।
यसका लागि नबिल बैंकमा खाता भएको ग्राहकले नबिल बैंकको वेबसाइटमा नबिल आइ–कार्ड सेक्सनमा जानुपर्ने बैंकले जनाएको छ ।यसमा गएर निवेदन दिएपछि आफूलाई पायक पर्ने शाखामा गएर कार्ड लिन सकिने बैंकले बताएको छ ।
Comments