अधिकांस संक्रमीत २० देखि ३० बर्ष उमेर समुहका

२०७८, १४ बैशाख मंगलवार १८:५७

गएको २४ घण्टामा देशभर ४५ सय भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुने मध्ये अधिकांस संक्रमीत २० देखि २९ बर्ष उमेर समुहका रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार २० देखि २९ बर्ष उमेर समुहका ११ सय २६ जना रहेका छन । यस्तै धेरै संक्रमण हुने उमेर समुहमा ३० देखि ३९ बर्ष रहेका छन । यस उमेर समुहका ११ सय १५ रहेका छन ।
हेरौ तथ्यांक :

पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन ।

Comments

ताजा खबर