प्रचण्ड–माधव समूहका सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

२०७७, २३ फाल्गुन आईतवार १२:२०

काठमाडौं फाल्गुण २३ । नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहका सांसदहरूले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै सो समूहले बैठक बहिस्कार गरेको हो ।

फाइल फोटो

 

बैठकमा विषय लिएर सो समूहका सांसद भीम रावलले  अध्यादेशहरू पेस गर्न आफूहरूको समर्थन नरहेको बताएका थिए । सभामुख अग्नि सापकोटाले बस्न आग्रह गरे पनि प्रचण्ड–माधव समूहका सांसदहरू बाहिएका थिए ।रावलले सरकारको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु