एजेन्सी,अमेजन कम्पनीका सीईओ जेफ बेजोसले आगामी जुलाई महिनादेखि लागू हुने गरी कम्पनीको सीईओबाट राजीनामाको घोषणागरिसकेका छन् ।
बेजोसको राजिनामासँगै अमेजन कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद एन्डी जेस्सीले सम्हाल्ने पक्का भएको छ ।
लामो समयदेखि बेजोसका सहकर्मी रहेका जेस्सी अमेजन कम्पनीको सुरुवात देखिकै कर्मचारी हुन् ।
जेस्सीले सन् १९९७ मा मार्केटिक व्यवस्थापकको पदमा भर्ना भएर अमेजनमा जागिर सुरु गरेका थिए । आफ्नो करिअरको सुरुआतीचरणमा उनी एमबीआईमा प्रोजेक्ट म्यानेजर थिए ।
औपचारिक शिक्षाको कुरा गर्दा जेस्सीले हार्वार्ड बिजनेस स% 0कुलबाट एमबीए गरेका छन् ।
अमेजनको सुरुआती कार्यकालमा उनी जेस्सीको प्राविधिक सहायक भएर काम गरे । सन् २००० को सुरुआतमा उनी बेजोसकोप्राविधिक सहायक बनेका हुन् । सुरुआती चरणमा केवल किताबको अनलाइन बिक्री गर्ने अमेजनको दायरा फराकिलो पारेर विश्वकोनम्बर वान अनलाइन व्यापार कम्पनी तथा क्लाउड कम्प्युटिङ कम्पनी बनाउने अवधारणाको श्रेय उनलाई पनि जान्छ ।
जेस्सी अमेजन वेब सर्भिसको संस्थापक पनि हुन् । अमेजन कम्पनीभित्र ५७ जना कर्मचारीलाई संलग्न गराएर उनले उक्त वेब सर्भिस सुरुगरेका थिए । त्यसको १३ वर्षमा उनी अमेजन वेब सर्भिसको सीईओमा पदोन्नती भए ।
अमेजन कम्पनीलाई केवल इ–कमर्श कम्पनीबाट क्लाउड कम्प्युटिङ कम्पनीमा समेत रुपान्तरण गर्नका लागि अमेजन वेब सिरिजमा उनलेप्राप्त गरेको सफलताकै देन छ । सोही कारण उनी अमेजन कम्पनीकै सिइओमा बढुवा हुन सफल भएका हुन् ।
हाल ५३ वर्षका जेस्सी अमेरिकाको सिएटलमा बस्दछन् र उनका पत्नी र दुई सन्तान छन् ।
उसो त अमेजन कम्पनीमा बेजोस पछिको दोश्रो ओहोदामा रहेका कन्जुमर विभागका प्रमुख जेफ विल्केले आफ्नो अवकाशको घोषणागरेसँगै जेस्सीलाई स्वतः भावी सीईओको रुपमा हेरिएको थियो ।
अमेजनको सीईओको कार्यभार सम्हाल्दा जेस्सीका सामुन्ने केही चुनौतीहरु भने हुनेछन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसँगको क्लाउडकम्प्युटिङ सम्बन्धी १० अर्ब डलरको सम्झौतामा अमेजनलाई पछि पार्दै माइक्रोसफ्टले बाजी मारेको छ । उक्त सम्झौताका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वस्थ रुपमा प्रभाव पारेको आरोप अमेजनको छ । पेन्टागनसँगको करारमा असफलताले खडा गरेको चुनौतिर व्यहोर्नुपरेको घाटा पूर्तिको विषय जेस्सीको प्रमुख चुनौतिको रुपमा रहने विश्लेषकहरुको भनाइ छ ।
स्मरण रहोस् अमेजन कम्पनीमा जेस्सीको ३ करोड डलर बराबरको शेयर छ । अमेजन वेब सर्भिसको सीईओको रुपमा गत वर्ष उनकोआधारभूत वार्षिक तलब १ लाख ७५ हजार डलर थियो ।