सुर्खेत । सुर्खेतमा एक दृष्टिविहीन शिक्षकले आमरण अनशन थालेका छन् । घरपायक सरुवाको माग गर्दै गुर्भाकोट नगरपालिका–९, बोटेचौर घरभई हाल गुर्भाकोट–११, स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक उत्तम विकले आइतबारदेखि नगरशिक्षाशाखा अगाडि आमरणअनशन थालेका हुन् ।
हाल कार्यरत स्कूल घरदेखि चार घण्टाको दुरीमा रहेको र विद्यालय आउजाउमा समस्या भएपछि उनले घरपायक सरुवाको माग गरेरअनशन थालेका हुन् ।
गुर्भाकोट नगरपालिकाका कार्यकारी प्रमुख टेकबहादुर खत्रीले भने ९ नम्बर वडामा कुनै पनि स्कुलमा दरबन्दी नभएकाले सरुवा गर्नसमस्या भएको बताए । ‘उहाँले घर नजिकैको स्कूलमा सरुवा माग्नु भएको छ, तर, दबरन्दी नहुँदा उहाँले माग गरेकै ठाउँमा सरुवा गर्नसमस्या भएको छ,’ कार्यकारी प्रमुख खत्रील भने ।
प्यूठानबाट स्थायी शिक्षक बनेका उनी भित्रीखोलाको विद्यालयमा आउनुअघि सुर्खेतकै सिम्ता गाउँपालिकाको विद्यालयमा कार्यरत रहेकोखत्रीले बताए ।