काठमाडौं । पार्टी विभाजन भएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले तत्कालै महासचिव चयन नगर्ने नीति लिएका छन् ।सर्वोच्च अदालतबाट संसद पुर्नस्थापना भए वर्तमान महासचिव विष्णु पौडेल नै आफ्नो समूहमा आउने आँकलन गरेर महासचिव चयनमाढिलाई भएको बताइएको छ । केन्द्रीय कमिटीको बैठकले महासचिव चयनका लागि स्थायी कमिटीलाई अधिकार दिएको भएपनि सोपदमा सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भूषाल, जनार्दन शर्मा, वर्षमान पुनको दावी रहेपछि दाहाल नेपाल दुवैले केही समयलाई स्थगितगरेका थिए ।
विभाजनको केही दिनपछि शीर्ष नेताहरुको छलफलका क्रममा नेता पाण्डेलाई महासचिव बनाउने तयारी भएको थियो ।झलनाथ खनालको प्रस्तावमा पाण्डेलाई महासचिव प्रस्ताव गरिएको भएपनि आकांक्षी धेरै भएपछि रोकिएको थियो । एकीकृतनेकपाका महासचिव विष्णु पौडेल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा बसेपछि दाहाल नेपालले पाण्डेलाई आफ्नो समूहबाटछान्न लागेका थिए ।
नेकपा एमालेको नवौं महाधिवेशनमा नेपाल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका पाण्डे ओली प्यानलका ईश्वर पोखरेलसँग ६मतले पराजित भएका थिए । खनालको प्रस्तावमा नेता पाण्डे महासचिव हुने पक्का पक्की भएपनि संसद पुनर्स्थापना भए वर्तमानमहासचिव पौडेल नै दाहाल नेपाल समूहमा आउनसक्ने उनीहरुको आँकलन रहेको छ । विभाजनपछि प्रचण्ड नेपाल दुवै अध्यक्ष भएपछिवरिष्ठ नेता खनालले आफूले भनेको नेता महासचिव हुनुपर्ने अडान लिएका थिए । खनाल एकीकृत नेकपामा जस्तै दाहाल नेपाल समूहमापनि तेस्रो वरीयतामा छन् । नेकपामा चौथो वरीयताका वरिष्ठ नेता नेपाल दाहाल समूहमा अध्यक्ष बन्दै दोस्रो वरीयतामा आएका छन् ।
नेपाल समूहका भीम रावल र घनश्याम भूषाल पनि महासचिवको आंकाक्षी रहेका भएपनि शीर्ष नेताहरुबीचमा पाण्डेलाई अघि सार्नेतयारीमै रोकिएको थियो । ‘अबको केही दिन हेरौ त्यसपछि महासचिवको पोजिसनमा को आउने हुन क्लियर हुन्छ’ नेपाल समूहका नेताबेदुराम भूषालले भने ‘महासचिव चयनमा कुनै समस्या छैन अहिले कसैलाई कारवाही नगरेका कारण यतातिर महासचिव चयनमा ढिलाईभएको हो केही दिनमै निर्क्यौल हुन्छ ।’ उनका अनुसार अहिले आन्दोलनकै क्रममा रहेकाले पनि महासचिव र अन्य पदाधिकारी चयनमाहतार नभएको हो । ‘प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध आन्दोलन जारी रहेको छ आन्दोलनका थप कार्यक्रमहरु पनि निर्धारणहुने क्रममा रहेकाले महासचिव अन्य पदाधिकारी चयन गर्नेकुरा प्राथमिकतामा छैन । साथै अहिलेको अवस्थमा पार्टी विभाजन नभएकालेकोही कोही भूलवश उतातिर लागेका रहेछन भने यता आउन ढोका खुला रहेको छ ’, स्थायी कमिटी सदस्य समेत रहेका बेदुराम भूषाललेभने ।