सवारी साधनको जोरबिजोर प्रणाली भोलिदेखि हट्ने

२०७७, २ पुष बिहीबार ०९:४३

काठमाडौं, पुष  कोरोना भाइरस महामारीका कारण काठमाडौँ उपत्यकामा लामो समयदेखि लाग्दै आएको सवारी साधनमा जोरबिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ ।

फाइल फोटो

बिहीबार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले सवारी साधनमा लाग्दै आएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार जोरबिजोर प्रणाली हटे पनि स्वास्थ्य मापदण्ड भने सवारी साधनहरुले पालना गर्नुपर्नेछ।यातायात व्यवसायीले बैठकमा भएको सहमतिअनुसार स्वास्थ्य मापदण्ड पालना गरेर सवारी साधन चलाउने जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले दिएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु