सन्तोष गहतराज , पाल्पा । पछिल्लो समयमा रोजगारीका लागि सयौ युवाहरु बैदेशिक रोजगारीका पलायन भइरहेको बेला तानसेन १२का मिन बाहदुर आले व्यवसायिक बाख्रा पालनबाट लाखौ आम्दानी गर्दै आएका छन । बैदेशीक रोजगारीमा ४ बर्ष काम गरी स्वदेशफर्किएका मिन बहादुर आलेले पोखराथोकमा लुम्बिनी एग्रो फर्म दर्ता गरि व्यवसायिक बोयर बाख्रा पालनमा लागेका छन । करिब डेढकरोड लगानीमा सञ्चालित उक्त व्यवसाय जो कोहीले पनि एक पटक अवलोक गरे पछि मनमा केही गरौ गरौ हुन्छ ।
अहिले आलेको फर्ममा बोयर,बोयर क्रस तथा लोक प्रजातिका बाख्राहरु छन । ४ बर्ष बैदेशिक रोजगारी काम गरि आए पछि आफनोदेशमा नै केहि गनु गर्छ भन्ने उधेश्यले करिब ४ बर्ष सम्म लोक प्रजातिका ब्राखाहरु पालन गरे पनि करिब २ बर्ष देखिे फर्मलाईव्यवसायिक बनाई व्यवसायिक बोयर बाख्रा पालनमा लागेको बताउदछन । मासिक रुपमा एक देखि डेढ लाख सम्म आम्दानी गर्नकालागि बैदेशिक रोजगारीमा जान नपर्ने बताउने आले अहिले दुई जनालाई स्थायी बास बस्ने व्यवस्था,स्वास्थ्य बिमा सहित मासिकतलबको व्यवस्था गरिएको सञ्चालक आले बताउनु भयो । आलेको बाख्रा फर्ममा अहिले करिब ५० ओटा बोयर बाख्रा तथा ऋय लोकप्रजातिका बाख्राहरु रहेका छन ।
१४ रोपानी क्षेत्रफलमा सञ्चालित उक्त बाख्रा फर्ममबाट उत्पादन भएका बाख्रा बिक्रकी वितरणको लागि कुनै पनि समस्या नरहेकोबताउनु भयो । आले बताउनु भन्नु भयो फर्ममा बाख्रा जन्मे पछि ग्राहकहरुले अडर गर्ने गरेको बताउनु भयो तर फर्ममा हामीहरुले पाठापाठीजन्मे पछि करिब ४ महिना पछि मात्र विक्री गछौ तर बाख्राको मुल्य करिब २० हजारबाट माथि पर्ने बताउनु भयो । त्यस्तै अर्का सञ्चालकसुशिल आलेले आफुलाई सानै देखि नै कृषि तथा पशुपालनमा रुचि रहेकोले आफनो दाइले मिन बाहदुर आले बाख्रा पालनमा लाग्दाआफु पनि सहकार्यगरि बाख्रा पालनमा लागेको बताउनु भयो । आगामी दिनमा फर्मलाई बृडिग हर्ब रुपमा बोयर बाख्राको फर्म बनाउनेलक्ष्य रहेको त्यस्का लागि अष्टेलियाबाट सामागूी आयातको तयारी गरि रहेको र अब पाल्पा जिल्लमा नै बोयर बाख्रा उत्पादन गरिकृषिकहरुलाई बोयर बाख्रा खरिद गर्न पाल्पा भन्दा बाहिर जान नपर्ने बनाउने तयारी गरिएको बताउनु भयो । युवाहरु बैदेशिकरोजगारीका लागि विदेश पलायन भइरहेको बेला आपनै देशमा पनी क्षमता अनुसार आफुलाई उपयुक्त काम गर्ने हो भने जिबिकोपार्जनका लागी बिदेशिनु पर्ने छैन ।