विराटनगर, १२ मंसिर । विराटनगरमा सञ्चालित निजी कोभिड अस्पतालहरुले आफूखुशी शूल्क लिने गरेको गुनासो आएपछि प्रदेश १का मुख्यमन्त्री शेरधन राई नेतृत्वको अनुगमन टोलीले मोरङको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र न्यूरो कोभिडअस्पतालको स्थलगत अनुगमन र निरीक्षण गरेको छ ।
अनुगमनका क्रममा अधिकांश निजी कोरोना अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शूल्क लिएर उपचार गर्ने गरेको पाइएको छ ।अस्पतालमा उपचार गराउन आएका संक्रमितका अफन्तहरुले मुख्यमन्त्री राईको अगाडि रुदै गुनासो सुनाएका थिए ।
मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की सम्मिलितअनुगमन टोलीकै अगाडि विरामीका आफन्तहरुले कोरोना उपचारमा धेरै शूल्क लाग्ने गरेको र धरौटी समेत राख्नु पर्दा उपचार गराउनगाह्रो भएको गुनासो गरेका थिए ।
सरकारले सामान्य लक्षण देखिएका कोरोना संक्रमित विरामीको उपचारका लागि दैनिक साढे ३ हजार, आईसीयू बेडका लागि साढे ७हजार र भेन्टिलेटरसहितको उपचारका लागि १५ हजार रुपैया तोकेको छ ।
तर, निजी अस्पतालहरुले सामान्य संक्रमितको उपचारमा दैनिक ५ हजार र आईसीयू बेडका लागि १५ हजार तथा भेन्टिलेटर उपयोगमा३० हजार देखि ४५ हजार रुपैयासम्म लिने गरेका छन् ।
मुख्यमन्त्री शेरधन राईले सरकारले तोकेको मापदण्ड अनुसार निःशूल्क उपचार गर्न र तोकेको भन्दा बढी शूल्क नलिन निर्देशन दिइएकोजानकारी दिनुभयो ।
सरकारले मोरङमा कोशी अस्पताल र निजीतर्फ विराट मेडिकल कलेजमा कोरोना संक्रमितहरुको निःशूल्क उपचार गर्ने गरी व्यवस्थामिलाएको छ । विराटनगरमा सञ्चालित निजी कोभिड अस्पतालहरुले आफूखुसी शूल्क तोकेर संक्रमितको उपचार गर्ने गरेको पाइएकोछ ।(news24बाट साभार)