पाल्पा प्रशासन द्वारा तिहारमा देउसी-भैलो , जुवातास नखेल्न तथा पटेका नपड्काउँ अनुरोध गरेकोछ ।

२०७७, २५ कार्तिक मंगलवार १३:२५

पाल्पा । पाल्पा जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहारमा देउसी–भैलो कार्यक्रम अनुरोध गर्नुको साथै नजिकिदैँ गरेको दीपावली, छठ, नेपाल सम्वत लगायतका पर्वमा जुवातास समेत नखेल्न प्रशासनले अनुरोध गरेको हो ।

फाइल फोटो

मंगलबार प्रशासनले जारी गरेको विज्ञप्तिमा भुइचम्पा, आतासबाजी, पटेका पड्काउने लगायतका क्रियाकलाप समेत नगर्न भनेको छ । यसको व्यापार, ओसारपोसार तथा बिस्फोटक पदार्थ समेत प्रयोग नगर्न प्रशासनले पाल्पाका नागरिकमा अनुरोध गरेको हो । विश्वमा महामारी रूपमा फैलिएको कोरोनाको कारण संक्रमण थप बढ्न सक्ने भन्दै आफ्नो घरपरिवारका सदस्यहरूले मात्र मनाउन आग्रह समेत गरेको छ । प्रशासनले जारी गरेको सूचना उल्लंघन गरे कानुनअनुसार कारबाही हुने बताइएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु