प्रदेश १ मा सार्वजनिक यातायात बन्दको घोषणा

२०७७, २१ कार्तिक शुक्रबार १२:०४

विराटनगर, कात्तिक २१   प्रदेश सरकारले यातायात व्यवसायीका माग सम्बोधन नगरेको भन्दै कात्तिक २३ गतेदेखि अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको छ।

फाइल फोटो

प्रदेश सरकारले राहत नदिएको विरोधमा व्यवसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका हुन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले आफ्ना माग सम्बोधनका लागि पटक पटक सरकारलाई आग्रह गरे पनि अटेर गरेका कारण बन्द गर्ने निर्णय भएको महासचिव रमेश खत्रीले जानकारी दिए।

लकडाउन अवधिको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको ब्याजमा सहुलियत दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा बिलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने लगायत ९ बुँदे माग सम्बोधन नभएपछि यातायत बन्द गर्न लागिएको उनले बताए। खत्रीले आइतबारबाट बस, टेम्पो, सिटी सफारी, ढुवानीका साधनलगायत सबै बन्द हुने बताएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु