बाग्लुङ समाजले बाग्लुङ ढोरपाटन बाढिपहीरो पिडीतको लागि गर्‍यो सहयोग ।

२०७७, १६ कार्तिक आईतवार १३:४६

जापान । जापानमा रहेका  बाग्लुङगेहरुको संस्था बाग्लुङग समाज जापानले बाग्लुङ ढोरपाटन बाढिपहीरो पिडीतको लागि एघार लाख उन्तिस हजार छ सय बयानब्बे रुपया र जैमुनि पहिरो पिडीतलाई जापानी पचास हजार एन बलेवा सेवा समाज मार्फ़त हस्तांतरण सहयोग गरेको छ ।

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका- ९ बोबाङमा सेप्टेम्बर २ तारीख बुधबार राति आएको भिषण बर्षासँगै पहिरोबाट धेरै मानिसहरू घरबार बिहीन हुनुका साथै ठुलो मानविय क्षती हुन पुगेको थियो ।  यस दुखद घडीमा सहयोग गर्ने हेतुले निबर्तमान अध्यक्ष सिद्धार्थ श्रेष्ठ को अगुवाईमा सहयोग अभियान चलाईएको थियो ।

बाग्लुङग समाज जापानका नेपाल प्रतिनिधि सम्पन्न श्रेष्ठ मार्फत ढोरपाटन दैबी प्रकोप को खातामा जम्मा गराईएको हो । येति धेरै रकम जम्मा गर्न जापानबासी नेपालीहरुले गर्नुभएको सहयोगप्रती बाग्लुङग समाज जापानले धन्यवाद ज्ञापन गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु