- नेपाली कांग्रेसले पार्टीको अर्घाखाँची जिल्ला कार्यसमितिका पूर्वसभापति एवं सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालकीधर्मपत्नी निनुको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको यही कात्तिक ८ गते सन्धिखर्क–२ स्थित आफ्नै निवासमा निधन भएको थियो।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शोक वक्तव्यमार्फत पार्टीका तर्फबाट उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दैशोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । निनु कांग्रेसमा क्रियाशील रहनाका साथै नेपाल शिक्षक संघ अर्घाखाँचीकोसहसचिव हुनुहुन्थ्यो । उहाँले नेपालका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।
Comments