माथागढिले स्वास्थ सस्थामा सुत्केरी हुने महिलालाई रकम हस्तान्तरण ।

२०७७, १५ कार्तिक शनिबार ०१:१५

सन्ताेष गहतराज ,पाल्पा ।  जिल्लाकाे माथागढि गाउँपालिकाले वडा नं. १ चिदीपानीमा संस्थागत रुपमा सुत्केरी हुने महिलालाई प्रोत्साहन रकम वितरण गरेको छ ।

चिदीपानी स्वास्थ्य चौकीमा आ.व २०७८/०७८ को साउन देखि कार्तिक १४ गते सम्मकावडा भित्रका सस्थागत सुत्केरी भएका सुत्केरी आमाहरुलाइ सस्थागत सुत्केरी प्रोत्साहन रकम स्वरुप दुई हजार पाँच सयका दरले वितरण गरिएको हो । स्वास्थ्य चौकीमा गर्भवती हुदा नियमानुसार जाच गरे बापत प्रत्येक जाचमा एक क्यारेट अन्डा तथा प्रथम पटक जाच गर्ने गर्भवतीलाई हरियो झन्डा समेत माथागढी गाउँपालिकाकि उपाध्यक्ष निर्मला भट्टराई र वडा अध्यक्ष शिव प्रसाद शर्मा घिमिरेले संयुक्त रुपमा प्रदान गर्नुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु