एटिएम मेसिन तोडफोड गर्दै गर्दा युवक समातिए

२०७७, १४ कार्तिक शुक्रबार ०४:१६

तनहुँ , कात्तिक १३ ।  तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैङको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन्।

फोटो फाईल

पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँ छन् ।

व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएमका पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

प्रहरीले निजका साथबाट १३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरेको छ। अभियुक्तविरुद्ध बिहीबार तनहुँ जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु