व्यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल्न थालेपछि सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको छ ।
इलामको जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीकोसंयुक्त टोलीले सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको हो ।
बुधबार मात्र इलाम नगरपालिका–७ धोवीधारामा ११३ सवारीको चेक जाँच तथा अनुगमन गरिएको छ । जसबाट रु पाँच हजार राजश्वसङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख योगेन्द्र दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल, ट्याक्सी, बस, अटोलगायत गरेर सात प्रकारका सवारी साधनको जाँच गरिएको थियो ।
यस अगाडिसमेत मेची राजमार्गका विभिन्न क्षेत्रमा जाँच गरिएको थियो । कोरोना महामारीका बीच कम सङ्ख्यामा यात्रु बोक्दातोकिएको भाडादरमा आधा बढाएर लिन पाउने नियम सरकारले जारी गरेको थियो । तर लकडाउन खुले पनि यात्रुसँग बढी नै रकम लिनेगरेको गुनासो बढेपछि यसको प्रभावकारी अनुगमन थालिएको बताइएको छ । विशेष गरेर ग्रामीण क्षेत्रबाट कुद्ने सवारीले दोब्बरसम्मभाडा लिने गरेको गुनासो यात्रुहरुबाट आउने गरेको छ ।
दशैँ, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारीसाधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्थामिलाउन यात्रु, चालक, सवारी धनी एवं आम नागरिकमा अपिलसमेत गरेको ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।