व्यासको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

२०७७, ४ कार्तिक मंगलवार ०२:५५

सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ ।

खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ । हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्नेतयारी गरेको छ । हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले रु ४५ लाख बजेट निकासा गरेको छ ।

फोटो फाईल

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीकालागि बजेट उपलब्ध गराएको हो । प्रदेश सरकारले व्यास क्षेत्रमा हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानीमा अनुदान उपलब्ध गराएकोघरेलु तथा साना उद्योग विकास समितिका कार्यालयका प्रमुख गङ्गाकुमारी मगरले जानकारी दिनुभयो । पहिलो चरणमा १८० क्विन्टलखाद्यान्न ढुवानी गरिन लागेको हो । चामल, नुन, दाल, तेललगायत खाद्यान्न सामग्री ढुवानीको तयारी गरिएको बताइएको छ ।

खाद्यान्नको जोहो गर्ने जिम्मा वडालाई दिइएको छ । स्थानीयवासीको मागका आधारमा वडाले छाङ्गरु र तिङ्करको लागि खाद्यान्नढुवानी गर्न लागेको वडासचिव विनोद तिङ्करीले बताउनुभयो । “आजदेखि खाद्यान्न ढुवानी गरिन्छ”, उहाँले भन्नुभयो । दशैँअघि नैखाद्यान्न पुर्याउने लक्ष्यअनुसार तयारी गरिएको हो ।

दुवै गाउँका सबै घरधुरीका लागि ढुवानी अनुदानमा खाद्य सामग्री हेलिकोप्टरमार्फत पुर्याउन लागिएको हो । १९ असोजमा व्यासगाउँपालिकाको घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको बाटो उद्घाटन गर्न दार्चुला पुग्नुभएका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रलाईप्रदेश सरकारले प्राथमिकता दिएको दाबी गर्नुभएको थियो । स्थानीयवासीले व्यासको लागि तत्काल खाद्यान्न ढुवानी गर्न पटक–पटकमाग गर्दै आएका थिए ।

यसअघि गत असारमा मात्रै खाद्यान्न ढुवानी गरिएको थियो । व्यासको छाङ्गरुमा ११७ घरधुरी र तिङ्करमा ७५ घरधुरीको बसोबास छ। व्यासका स्थानीयवासी आगामी मङ्सिरमा कुञ्चा अर्थात् बसाइँ सर्ने हुँदा दशैँअगावै खाद्यान्न ढुवानी गरिन लागेको हो ।

Comments

ताजा खबर