राेट्याक्ट क्लब अफ पाल्पा तानसेन आयोजनामा चङ्गा चेट कार्यक्रम सम्पन्न ।

२०७७, १ कार्तिक शनिबार १४:०१

सन्ताेष गहतराज , पाल्पा । सामाजिक कार्यमा सकृय रहेकाे राेट्याक क्लब अफ पाल्पा तानसेनकाे आयोजनामा शनिबार चङ्गा चेट कार्यक्रम सम्पन्न भएको छ ।

क्लबले विजया दशमीकाे पुर्व सन्ध्यामा नियमित फेलाेसिप कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हाे । कार्यक्रमका प्रमुख अतिथि क्लबका पुर्व अध्यक्ष मुनेश रत्न गुभाजुले सस्थामा सामाजिक कार्यका साथै यस्ता किसिमका कार्यक्रम गर्दा क्लबका सदस्यहरू बीच अात्मिया बढ्ने तथा सामाजिक कार्य गर्न थप उत्प्रेरणा मिल्ने भएकोले कार्यक्रम अायाेजना गरेको प्रशंसा व्यक्त गर्नु भयाे । कार्यक्रममा २० जना सदस्यहरूले चङ्गा उडानु भएको  थियाे । कार्यक्रम क्लबका अध्यक्ष विनाेद भारतीकाे अध्यक्षता, कार्यक्रम संयाेजक साजीत खानकाे स्वागत मन्तव्य,सचिव विक्रम सिहंकाे सञ्चालन तथा निश्चल पाैडेलकाे धन्यवादमा सम्पन्न भएको थियाे । चङ्गा चेट कार्यक्रम पश्चात् क्लबकाे भावी याेजनाका बारेमा छलफल समेत भएको थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु