नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त

२०७७, १ कार्तिक शनिबार ०९:०३

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढबुटवल सडक विस्तारले गति लिन सकेको छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत गते शिलान्यास गर्नुभएपछि शुरु भएको विस्तारको काम साढे एक वर्षमा डेढ प्रतिशतपनि सकिएको छैन

नारायणगढबुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको कूल ११३ किलोमिटर सडकमध्येनवलपरासी (बर्दघाटसुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड दाउन्नेदेखि बुटवलसम्मकोबाँकी सडकलाई खण्डमानेर ठेक्का सम्झौता गरिएको दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङकर्पोरेसन लिमिटेडले पाएको

फोटो फाईल

नारायणगढबुटवल सडक आयोजनाअन्तर्गत खण्डका सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले असोज मसान्तसम्म नवलपुरखण्डमा .४२ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिनुभयो यो खण्डमा रूख कटानमा स्वीकृति नपाउँदा सडक विस्तारमाढिलाइ भएको अधिकारीको भनाइ सडकखण्डको उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फचितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समस्या भएको उहाँले बताउनुभयो

हामीले सडकको उत्तरतर्फको रूख कटानको अनुमति पाएपछि धेरै रूख काटिसकेका छौँ”, सूचना अधिकारी आचार्यले भन्नुभयो, “बाटोदेखि दक्षिणतर्फको रूखहरु मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले काट्न पाएका थिएनौँ केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्बाट रूखकाट्न स्वीकृति दिने निर्णय भएर आएको मन्त्रिपरिषद्ले रूख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रूखसमेत काट्न शुरुगरिएको उहाँले बताउनुभयो सो सडकमा सानाठूला गरी ३३ हजार ८९२ रूख काट्नका लागि स्वीकृत पाएको भन्दै उहाँले हजार ४७८वटा रूख काट्ने काम सकिएको बताउनुभयो

गैँडाकोटदेखि कावासोतीको जङ्गलसम्म धेरै रूख काटेर सकिएको बताउँदै उहाँले भन्नुभयो, “अब हामीले डण्डाबाट पश्चिमतर्फ रूखकाट्न शुरु गरेका छौँ, रूख काटेर सक्ने बित्तिकै बाटो फराकिलो बनाउने काम शुरु हुन्छ सो सडक चार लेनमा विस्तार हुनेछ भने शहरीक्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने जनाइएको यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमावन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको

आयोजनाका सूचना अधिकारी आचार्यले यो सडकको ४२. किलोमिटर खण्ड चार लेनमा विस्तार हुने उल्लेख गर्दै शहरी क्षेत्रको करीब१७. किलोमिटरमा चार लेनका अतिरिक्त दुवैतर्फ ÷ मिटरको सर्भिस लेनसमेत निर्माण हुने जानकारी दिनुभयो त्यस्तै, दाउन्नेको. किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार हुनेछ जटिल भूगोलका कारण दाउन्नेको सडक चार लेनमा विस्तार गर्न नसकिनेभएकाले तीन लेनमा मात्रै विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको उहाँले बताउनुभयो

सडक विस्तारका क्रममा मध्यवर्ती क्षेत्र पर्ने स्थानका वनमा वटा वन्यजन्तुमैत्री पुल निर्माण हुनेछ त्यसैगरी, सो सडकमा ८७ वटाकल्भर्ट निर्माण हुने भन्दै २८ वटा कल्भर्ट निर्माणको काम भइरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो गैँडाकोट दाउन्ने खण्डमा १२वटा ठूला पुल निर्माण हुने भए पनि एउटा पुलको मात्रै निर्माण कार्य शुरु भएको आयोजनाले जनाएको

सडक विस्तारका क्रममा गैँडाकोटबाट १४ किलोमिटर पश्चिमको भेडाबारीमा नाला तथा माटो फिलिङको काम भइरहेको भने सडकविस्तारका लागि ७५ जना कामदारले काम गरिरहेका आयोजनाले जनाएको सडक विस्तारको शुरुआती अवस्थामा सडकसीमाभित्र पर्ने रूख हटाउने प्रक्रिया लामो हुनु तथा विद्युत्का पोलहरु सडकभित्रै पर्दा काम गर्न ढिलाइ भएकामा त्यसलगत्तै विश्वभरमहामारीका रुपमा फैलिएको कोभिड१९ का कारणले पनि निर्माणले गति लिन नसकेको उहाँको भनाइ एसियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा विस्तार हुन लागेको सो सडकको गैँडाकोटदाउन्ने खण्ड रु नौ अर्ब १३ करोडमा ठेक्का सम्झौता भएकोथियो

कूल लागतमध्ये एडिबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने भने बाँकी रकम नेपाल सरकारकै हुनेछ एडिबीले नेपालसरकारलाई . प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनइन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले आगामी २०७९ साउन २२ भित्र निर्माण सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको साढे तीन वर्षमासडक निर्माणको काम सके पनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नुपर्ने गरी सम्झौता भएको

Comments

ताजा खबर