प्रणय बिरजङ्ग राणा ,तानसेन, पाल्पा
टुँडिखेल संरक्षण र व्यवस्थापनमा स्थानीयको उदासिनता
टुँडिखेल तानसेनको गहना हो, खेल विकासको आधार हो, खेल पर्यटनबाट नगरवासीको आर्थिक वृद्धिको पनि संभावना हो । नेपालको पहाडी जिल्लामा संभवत यति ठूलो खेल मैदान तानसेनको टुँडिखल नै हुन सक्छ । तानसेनको ऐतिहासिक धरोहरका रुपमा रहेको उक्त खेल मैदानमा खेलका विभिन्न विद्याका खेलाडीहरु नियमीत प्रशिक्षण तथा प्रतियोगितामा समावेश हुदै आई रहेको छ ।
खेल प्रतियोगिताका अलावा यहाँ आम सभा, मेला तथा विभिन्न धेरै भिड हुने खालका कार्यक्रम पनि सञ्चालन हने गर्दछ । नगर वासीका लागि विहान र सांझ समय शारिरिक व्यायाम तथा विहारका लागि उत्तम थलो पनि बन्दै आएको छ भने दिनमा सुस्ताउने ठाउँको रुपमा ।
विभिन्न खेलमा अन्तराष्ट्रिय स्तर सम्मका खेलाडि उत्पादन गर्न सफल यस टुँडिखेलको आफ्नै एक ईतिहास छ । बरिष्ठ साहित्यकार श्री वनवाली निराकारज्यू द्वारा लिखित खनाल वंशावलीका अनुसार टुँडिखेलको इतिहास अत्यन्त रोचक छ ।
हालको टेँुडिखेल अहिलेको जस्तो सम्म नभई खेतबारी र घर थियो । दरवारका कर्मचारीलाई त्यस बेला सिलखान विर्ता दिने प्रचलन अनुसार वि.सं. १८१८ मा तत्कालीन पाल्पाली राजा मुकुन्द सेन द्वितियले दरवारका मुन्सी विश्वेसर प्रसाद उपाध्यय(खनाल)लाई स्याहामोहर गरि विर्ताका रुपमा हालको टुँडिखेल र त्यसले चर्चेको भू–भाग दिएका थिए । वि.सं. १८७० मा तत्कालिन तैनाथवाला अमर सिंह थापाले सैनिक अभ्यासका लागि उपयुक्त ठहराई विश्वेसर प्रसाद उपाध्ययका नाती दशरथ प्रसाद उपाध्यय(खनाल)बाट लिएका थिए ।
सो टुँडिखेलको जग्गाको सट्टामा जग्गा दिन खोज्दा सरकारबाट पाएको जग्गा सरकारलाई आवश्यक भए त्यसै छोडिदिने भए पछि उक्त परिवार ध्रुवघाटको आफ्नै अर्को जग्गामा बसाई सरेका थिए भन्ने कुरा श्री वनवाली निराकार द्वारा लेख्नु भएको छ ।
स्थानीयस्तरमा भनिदै आएको टुँडिखेलको जग्गा र ध्रुवघाटको जग्गा सट्टी पट्टी नगरीएको र सरकारलाइ आवश्यक भएका करण त्यसै दिएका हुन भन्ने कुरा तत्कालीन लालमोहरबाट पनि प्रमाणीत देखिन्छ र सो कुरा कर्णेल खड्ग बहादुर कुँवर राणाले वि.सं. १९०८मा अमर सिंह थापाले गरिदिएको कागजातलाई सदर पनि पुष्टि हुन्छ । ततपश्चात खेतिका लागि प्रयोग हुदैं आएको उक्त जग्गाको उत्तर, पूर्व र दक्षिण तर्फ ढुङ्गाको पर्खाल लगाई सम्म बनाई सैनिक प्रयोजनमा ल्याईयो ।
उपाध्याय(खनाल) परिवारबाट प्राप्त उक्त टुँडिखेलमा सैनिक क्याम्प र सैनिक अभ्यास हुने तथा स्थानियहरु विभिन्न खेल गतिविधि, विचरण तथा विभिन्न कार्यक्रमको लागि प्रयोग हुदैं आएको हो । डुँडिखेलको पूर्वोउत्तर भागमा सालमा नगरपालिकाले कार्यालय भवन बनाई नगरको प्रशासनिक कामकाज त्यहि भवन बाट सञ्चालन हुन थाल्यो । करिव १०० रोपनीमा फैलिएको पहाडि भेगकै त्यति ठूलो खेलमैदान प्रजानन्त्र पश्चात तिव्र गतिमा अव्यवस्थित तरिकाले अतिक्रमण शुरु भई संगुरिदै गएको छ ।
विना गुरु योजनाका पार्क, शालिक तथा संरचना निर्माणले तानसेन वासीको गरीमामय टुँडिखेल अतिक्रमीतको श्रृखंलामा परिणत भएको छ जुन श्रृंखला हाल सम्म पनि जारि छ । एका तर्फ तानसेनको जन घनत्व बढदो छ भने अर्को तर्फ विकास निर्माणका नाममा अतिक्रमीतका कारण सांगुरिने क्रम जारी छ ।
यो क्रम अझै कहिले सम्म जारी रहन्छ होला भन्ने जिज्ञासा सर्वसाधरणलाई लागि रहन्छ । हल्का विमान समेत अवतरण हुन सफल टुडिखेल हाल आएर खेल हर्ने दर्शक सहित अन्तराष्ट्रिय स्तरको पूर्ण नापको फुटवल खेल मैदान बनाउन पनि जग्गाको अभाव हुने अवस्थामा पुगेको छ ।
केही वर्ष अघिबाट थालिएको मर्मतका कार्य अझै कहिले सम्ममा सक्ने हो भन्ने यकिन गर्न सकिदैन । मर्मत काममा भएको ढिला सुस्तिका कारण खेलाडीहरुमा खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालनमा अडचन आई परेको कुरा खेलाडीहरु तथा प्रतियोगिता सञ्चालकहरुले सुनाउने गुनासा हुन ।
जसको परिणाम हाम्रा खेलाडीले विभिन्न प्रतियोगितामा सहभागि हुनगई पाएका परिणमबाट पनि सिद्ध हुन्छ । दयनिय अवस्थामा रहेको टुँडिखेल नगरपालिकाका सवारी तथा मालवाहक साधन, स्कूल तथा कलेजका बस, सार्वजानिक बस, जिप,कार, ट्रक तथा ट्रिपरहरुको विसौनिमा दिनानुदिन परिणत हुदैछ ।
बैकल्पीक खेल मैदानका लागि तानसेन बजारको नजिकमा जग्गा नरहेको कारण पनि यसको संरक्षणका लागि संवन्धीत निकाय तथा सरोकार वालाहरुको ध्यान तथा पहल हुनु नितान्त आवश्यक छ ।
टुँडिखेल संरक्षणका लागि आन्दोलन नै गर्न नपरोस जस्तो लाग्छ । बाँकी रहेको मैदानको व्यवस्थापनका लागि मात्र सिमित नरही समग्र टुँटिखेलको विस्तार सहितको गुरु योजना बनाउनु र कार्यान्वयनमा ल्याउनु आजको आवश्यकता हो । टुँटिखेलको संरक्षण, संवद्र्धन, व्यवस्थापन तथा सञ्चालनका लागि तपसिल अनुसारका कार्य गर्न सकिएको खण्डमा तानसेन बासी मात्र नभई सिङ्गो जिल्लालाई फाईदा पुग्ने देखिन्छ जुन नितान्त आवश्यकता पनि ठान्दछु ।
ड्ड दिर्घकालिन तथा बहु प्रयोजनका लागि हुने गरी टुँडिखेलको गुरु योजना बनाईयोस ।
ड्ड सवै खाले सवारी तथा माल वाहक साधनहरुलाई अविलम्व रोक लगाईयोस ।
ड्ड अतिक्रमीत कार्य अविलम्व रोकियोस ।
ड्ड आवश्यक विकास निर्माण टुँडिखेलको गरिमा तथा आकारलाई असर नपुग्ने गरि गरियोस ।
ड्ड आवश्यक सौचालय, साधन पार्क, वाचनालय, रेष्टुरेण्ट, खेलकूद कार्यालय, भण्डारण जस्ता आवश्यक संरचनालाई भूमीगत प्रविधिमा बनाइयोस ।
ड्ड विचरणका लागि निषेधित पार्कका पर्खाल खुला गरि सर्वसाधरणलाई विचरण योग्य बनाईयोस।
ड्ड अव्यवस्थित शालिकहरुलाई यथोचित बैकल्पीक स्थानमा स्थापित गरियोस ।
ड्ड अन्तराष्ट्रिय नापका धेरै भन्दा धेरै खेल विद्या समावेस हुने गरी व्यवस्थापन गरियोस ।
ड्ड निति, नियम र अधिकार सहित नेपाली सेना र नगरपालिकाको संरक्षकत्वमा सरोकारवालाहरु रहने गरि टुडिखेल विकास, संरक्षण तथा व्यवस्थापन समितिको गठन गरी उक्त समितिलाई जिम्मेवारी दिइयोस ।
ड्ड सर्व साधारणका लागि स्वच्छ र स्वस्थ अनि २४सै घण्टा विचरण गर्न योग्य बनाईयोस ।
साधारतया सरकारी भूमी सर्वसाधारणबाट अतिक्रमीत हुने गरेको हामीले सुनिरहेका छौं । तर तानसेन टुँडिखेलको हकमा सरकारी पक्षबाट नै टुँडिखेल अतिक्रमीत भई रहेको छ । ईतिहासमा सिमित हुन लागेको तानसेनको खेल, खेलाडी तथा प्रतियोगिता जस्तै अव्यवस्थित, अतिक्रमित र सरोकार वालाहरुको वेवास्ता क्रम यस्तै रहंदै गए टुँडिखेल थियो रे भन्ने इतिहास बन्नेमा दुई मत छैन ।
प्रणय बिरजङ्ग राणा
तानसेन, पाल्पा
टुँडिखेल संरक्षणका लागि आन्दोलन नै गर्न नपरोस ।
सरोकार वालाहरुको वेवास्ता क्रम यस्तै रहंदै गए टुँडिखेल थियो रे भन्ने इतिहास बन्नेमा दुई मत छैन ।