गुल्मेली समाज जापानको चौथों अधिवेशन अक्टोबर १८ हुने ।

२०७७, १९ आश्विन सोमबार १३:३६

जापान अक्टोबर ५ । गुल्मी जिल्लाबाट जापान आइ विभिन्न पेशा,ब्यवसायी आवद्द गुल्मेलीहरूको संस्था गुल्मेली समाज जापानको चौथो अधिवेशन अक्टोबर  १८ मा हुने भएको छ ।

कोरोना लगाएत विभिन्न कारणले रोकिएको अधिवेशन यस पटक निर्धारित मितीमैं गर्ने समाजका प्रचारप्रसार प्रमुख रामप्रसाद ढकालले जानकारी दिनुभयो । सेप्टेम्बर महीनाको ८ तारिक बसेको बैठकले बर्तमान कार्यसमितिनै आयोजक भई अधिवेशन प्रचार-प्रसार समिति ,विधान संशोधन समिति ,आर्थिक समिति र हल ब्यबस्थापन तयारी समिति बनाएको जानकारी सचिब सुमन अर्यालले दीनुभयो । लामो समयदेखी जापानमा रहनु भएका समाजका अध्यक्ष सालिकराम भण्डारीका अनुसार सिनओकुबो सोलमारी मुरा हलमा अधिवेशन गरिने निर्णय भएको छ । उक्त अक्टूबर १८ तारिखको दिन समय मिलाउनको लागि अनुरोध गर्नु भएको छ । संस्थाका अध्यक्ष भण्डारीका अनुसार अधिवेशनबाट आफूले नयाँ टीम संस्थाको नेतृत्व हस्तान्तरण गर्ने जानकारी दिनु भयो ।

अधिवेशनमा सम्पूर्ण जापानबासी गुल्मेलीहरूलाई सहभागी भैईदिनु हुनका लागी समाजले अपील गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु