काठमाडौँ , असोज १६ । बिगमार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुन: सुरु गरिएको छ ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना कोरोना भाइरसका कारण दोस्रो पटक गरिएको निशेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले निशेधाज्ञा हटेसँगै यो योजना पूनः सूचारु भएको हो । अब यो योजना असोज महिनाभर जारी रहनेछ ।
यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु छ । योजनाअनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा ई–सेवा तथा फोनपेबाट (मोबाइल बैंकिङ्ग) क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम रू ३ सय सम्म पाइनेछ ।
कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन् । ई–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।