तिनाउमा वडा कमिटीकाे बैठक सम्पन्न

२०७७, १५ आश्विन बिहीबार १३:२१

सन्ताेष गहतराज , पाल्पा असोज १५ । नेकपा तिनाउ गाउँ कमिटी २ नम्बर वडाकाे नियमित बैठक विहिवार दाेभानकाे अविरल पार्कमा सम्पन्न भएकाे छ ।

बैठकमा तिनाउ गाउँ कमिटीका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि राजेश श्रेष्ठले आफ्नो पार्टीले विकास निर्माणका सवालमा गरेकाे प्रयास सम्बन्धमा प्रकाश पारेका छन् । उनले तिनाउमा पार्टीको गतिविधिलाई सक्रिय बनाउन प्रयास गर्नुपर्ने बताएका छन् । साेही कार्यक्रमका विशिष्ट अतिथि एवम् तिनाउ पार्टी सचिव दलबहादुर गुरुङले तिनाउमा पार्टीले गरेका गतिविधि एवम् कार्यक्रम र कार्यकर्ताहरुलाई पार्टीको सम्बन्धमा प्रशिक्षण गरेका छन् । उनले भने- स्थानीयस्तरका पार्टीका कार्यकर्तालाई अाफ्नाे क्षेत्रमा पार्टीको कार्यक्रम गर्न समेत अनुराेध गरे । साे कार्यक्रममा युवानेता प्रेम श्रेष्ठ,लक्षण थापा,दिनेश जीसीले संगठन सुदृढीकरण गर्नका लागि पहल गर्नुपर्ने बताए । 

पार्टीका स्थानीय कार्यकर्ता अमरसिह भण्डारी,चन्द्रबहादुर क्षेत्री,रामबहादुर दर्जी,हरिबहादुर विक,छबिलाल खत्री,जीतबहादुर साेमै,पदम गाहा ,चट्टान,चेतमान घम लगायतले पार्टीका सन्दर्भमा प्रकाश पारेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु