सिद्धार्थ राजमार्गको दर्जनौं स्थानको पहिरोले सडक अवरुद्ध ।

२०७७, १० आश्विन शनिबार ०५:४२

बुटवल । रातभरको भीषण वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगर्त बुटवल तानसेन सडक खण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

फाईल फोटो

बुटवल तानसेन सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक  अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलले जनाएको छ।

कार्यालयका अनुसार रातीदेखी नै  तिनाउ गाउँपालिका १३ चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिरलगायतका ठाउँमा पहिरो खसेको छ । 

प्रहरीले पहिरो हटाउन पहल भईरहेको जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवल पाल्पा,गुल्मी, स्याड्जा जाने र आउने सवारी साधनहरु रोकिएका छन् ।

Comments

ताजा खबर