काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेबारे सम्झौता भएको छ ।
महासंघमा आबद्ध होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र सरलताका साथ बैंकिङ कारोबारको पहुँचमा ल्याउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हीराध्वज शाहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
Comments