काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजेबाट सुरु भएको छलफल अहिले पनि जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जनाकारी दिए।
‘दुवै अध्यक्षबीच छलफल जारी रहेको छ’, सापकोटाले भने।दुई अध्यक्षबीच समसामयिक राजनीतिक विषय, मन्त्रिमण्डल पुनर्गठन र एकताका प्रक्रियालाई टुंगो लगाउने विषयमा छलफल भइरहेको बताइएको छ।मंगलबार बसेका सचिवालयको बैठकले एकताका बाँकी कामको टुंगो लगाउनेगरी दुई अध्यक्ष र महासचिवलाई १० दिनभित्र ठोस प्रस्ताव ल्याउन निर्देशन दिएको थियो।
Comments