पाल्पा काेराेनाले थप एक पुरुषको मृत्यु

२०७७, १ आश्विन बिहीबार १०:४१

पाल्पा– पाल्पाकाे काेराेनाले  थप एक पुरूषकाे मृत्युु भएको छ । तानसेन नगरपालिका वडा न -१, मिसन अस्पताल नजिकै निर्माण गरिएकाे आइसोलेशन सेन्टरमा उपचाररत एक जना कोरोना संक्रमित विरामीको निधन भएको छ ।

बिहीबार विहान उनको उपचारको क्रममा आइसोलेशनमा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षिय पुरुषको एक हप्ता अगाडि कोरोना पोजेटिभ आएपछि तानसेनको मिसनको आइसोलेशन सेन्टरमा उपचार भइरहेको थियो ।

याेसँगै पाल्पामा अहिले सम्म ३ जनाको कोरोनाको कारण निधन भएको छ । यस अघि तानसेन ९ कि एक महिला र पूर्वखोलाका पुरुषको समेत कोरानाकै कारण निधन भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु