गैंडाको आक्रमणबाट मध्यविन्दु नगरपालिकाका १ पुरुष घाइते भएका छन् ।

२०७७, २९ भाद्र सोमबार ११:१०

नवलपुर ।  गैंडाको आक्रमणबाट जिल्लाको मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानका ५२ वर्षीय देवीराम महतो घाइते भएका हुन् ।

आइतवार दिउँसो घर पछाडि सिसौबारीमा घाँस काट्ने क्रममा महतोलाई गैँडाले आक्रमण गरेको मध्यविन्दु–३ का वडाध्यक्ष अमरबहादुर महतोले जानकारी दिए ।

गैंडाको आक्रमणबाट महतोको बायाँ खुट्टा र दाँहिने हातमा चोट लागेको छ । गैंडाको आक्रमणबाट घाइते  महतोलाई मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले महतोको चितवनको भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए । महतोको अवस्था मध्यम खालको रहेको खाँणको भनाइ छ । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु