ढुङ्गा खसेर लागेकि माथागढी रहवासकी ३ बर्षे बालिकाकाे मुत्यु

२०७७, १८ भाद्र बिहीबार १७:५३

पाल्पा – जिल्लाकाे तिनाउ गाउँपालिका वडा नं.-३, श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगा लागेर मंगलबार राति घाइते भएकी ३ वर्षीया बालिका करिश्मा चौहानको उपचारको क्रममा बिहीबार निधन भएको छ ।

घाइते पश्चात बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार गराइरहेकी करिश्मा उपचारका क्रममा निधन भएको निजको बुवा रिशुनाथ चौहानले बताउनुभयो।

सोही बालिकाकी आमा २९ वर्षीया समीक्षा चौहानको मंगलबार राति नै उपचारकै क्रममा निधन भएको थियो । माथागढी–७ रहवास-ग्वाङ्लिङ आफ्नो घरबाट तीज मनाउन माइतमा गएका आमाछोरी पाल्पामा निषेधाज्ञा जारी भएपछि माइतमै रहेका थिए।

मंगलबार आमाछोरी माइतीघरको छिमेकी घरमा मोबाइल चार्ज गरिरहेको अवस्थामा अकस्मात घरमाथिबाट आएको ढुंगाले लागेर घाइते हुँदा उपचारको क्रममा निधन भएको निजको श्रीमान रिशुनाथ चौहानले बताउनुभयो ।

Comments

ताजा खबर