लायन्स क्लव अफ पाल्पा माडीले वृक्षारोपण कार्यक्रम सम्पन्न ।

२०७७, २५ श्रावण आईतवार १०:५५

पाल्पा । लाइन्सक्लव अफ पाल्पा माडीले माथागढि गाउँपालिकाकाे वडा न  ३ कसेनीकाे नम्बर वडा कार्यालयकाे परिसरमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि दिष्ट्रिक स्टाट्रेजिक चिफ सुशील प्रधान र विशिष्ट अतिथि दिष्ट्रिक हनेरी एड भाइजर पुरन बज्राचार्यले क्लवलाई दिगो बनाउन र समाज परिवर्तन गर्नका लागि सधैं अगाडि बढाेस् भन्ने शुभकामना सहित  कपुर , धुपिसल्ला र तेजपातकाे बिरुवा राेपेर कार्यक्रमकाे उद्वघाटन गर्नु भएको थियो ।भने भाेली अर्थात् साउन २५ गते लाइन्स क्लव  नेपालमा सुरुवात भएको ५० वर्ष पुग्ने उपलक्ष्यमा आज पहिलो दिन यस क्लवकाे विधिवत् रुपमा सुरुवात गरिएको हाे । कार्यक्रमकाे उद्घाटन संगै वडा परिसरमा कपुर ,धुपिसल्ला र तेजपातकाे १०० बढी बिरुवा राेपिएकाे छ ।  कार्यक्रम क्लबका अध्यक्ष यम बहादुर चिदिकाे अध्यक्षता तथा मास्टर्स सेक्रेटरी ओमासेन सुनार काे सञ्चालनमा सम्पन्न भएको हाे ।

Comments

ताजा खबर