काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेकी छन् ।
पौडेल निवास बोहराटारमा राजदूत यान्छी र पौडेलबीच मंगलबार भेटवार्ता भएको हो।
राजदूत यान्छीसँग ‘नेपाल र चीनबीच सुमधुर र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेटवार्ता भएको’ पौडेलको सचिवालयले जानकारी दिएको छ।
भेटमा बीपी कोइराला र माओत्सेतुङका पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धको चर्चा भएको थियो।
चीनले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपालमा कोरोना नियन्त्रणका लागि गरेको सहयोगबारे पनि कुराकानी भएको पौडेलको सचिवालयले जनाएको छ।
Comments