ओ मान्छेहरु
बिश्वको चुचुरो भनिएको सगरमाथाको फेदमा
खोक्रो आदर्शको शन्देस दिदै
परिवर्तनको घुम्टो ओढेर बसेको म ।
एक हुल एता देखि
एक हुल उता देखि
हुलै हुलहरुको बिचमा म
ओ परिवर्तीत मान्छेहरु मलाई यसरी नै
एकछिन बस्न देउ कति पनि चिच्याउन सकेको
जन्मे देखि कान फुट्ने गरि सुन्दै आएको
जिन्दावाद र मुर्दावाद
कान नै थोत्रो हुने गरि खोक्रो रास्ट्रवादको
शक्तिशाली बमहरु यसरी – यसरी नै
युगौ देखि निरन्तर पढ्की रहेछ ।
ओ मेरो मान्छेहरु हो
तिमी , मलाई र हाम्रोहरुलाई हिजो देखि
आज र पछि सम्म भित्र – भित्रै सकाउदै छ
आफ्नो खुट्टा आफै काट्नाले चाकरी र झोले
प्रवृतीले तिम्रो लम्पसारवादले अवसरवादले
हामी सकिदैछौ
अझ यस्तै पारा हो भने
हामी हिजो पनि चेप्टाइएको मान्छेहरु कहिल्यै
नउठ्ने गरि नेप्टाइएको मान्छेहरु हो
शाषकहरुले म , तिमी र हामी माथी अझै पनि
निरन्तर धावा बोली रहने छ ।
त्यसैले
शासकहरुले ढुंगा बोल्यो भन्दा पनि पत्याउने
ओ मान्छेहरु हो
अब ब्युझिनु पर्छ
अब आँखा खोल्नु पर्छ
अब उठ्नु पर्छ
अब जुट्नु पर्छ ।
किन कि
आज शामन्ती शासकहरुले ढुंगा बोल्यो भन्दा
पनि पत्याउनाले यहाँ खतरा छ
है खतरा छ आँखा खोल्न र बन्द गर्न खतरा छ बोल्न र चुप
लाग्न दुबै खतरा छ हिड्डुल गर्न खतरा छ
अब स्वास फेर्न झनै खतरा छ किन कि तिम्रो
हरेक अंग – अंगमा लुटेर चुस्ने धमिराहरु छिरी
सकेकोछ ।
निसुम शुक्र चङबाङ
फालेलुङ पान्थर ।