विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा होटल क्वरेन्टिनमा बस्नेहरुको लागि ४७ वटा होटलको नाम सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको होटलको सूची सार्वजनिक गरेका हो।
सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २७ होटलहरु छन् ।
काठमाडौं जिल्ला प्रशासनले होटलको सूची सार्वजनिक गरेपनि होटलसँग समन्वय भने नभएको होटल व्यावसायी बताउँछन । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह भन्छन ‘समुदायबाट विरोध हुने अवस्था आएको छ। त्यसको सरकारले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ।’
कति पर्छ खर्च ?
होटल को प्रकार | १ बेड (प्रति व्यक्ती) | २ बेड (प्रति व्यक्ती) |
४ तारे | ८ हजार | ५ हजार |
३ तारे | ६ हजार | ३ हजार ५ सय |
२ तारे | ५ हजार | २ हजार ५ सय |
१ तारे | ४ हजार | २ हजार ५ सय |
साथै पर्यटकीय स्तरका होटलहरूको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ। यो मूल्यमा कर समेत जाडिएको हानले जनाएको छ।
यो मुल्यमा चार पटकसम्मको खाना र खाजा समावेश गरिएको छ ।
साथै पर्यटकीय स्तरका होटलहरूको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ। यो मूल्यमा कर समेत जाडिएको हानले जनाएको छ।
यो मुल्यमा चार पटकसम्मको खाना र खाजा समावेश गरिएको छ
हेर्नुहोस् होटलहरुको सूची