काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
नेपाल प्रहरी को टोलीले भक्तपुरको कटुन्जेस्थित निवासबाट उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी सुतिरहेका बेला नियन्त्रणमा लिइएका थिए।
सशस्त्र प्रहरीको सहयोगमा गरिएको उक्त कारबाहीमा उनलाई जरुरी पक्राउ पुर्जीका आधारमा हिरासतमा लिइएको बताइएको छ।
