मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

२०८२, २८ भाद्र शनिबार ०७:२४

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेका छन्।

प्रधानमन्त्री नियुक्त भएलगत्तै कार्कीले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेकी थिइन्। संसद विघटनबारे राष्ट्रपति पौडेलसहितका सबै राजनीतिक पक्षबीच पूर्वसहमति भइसकेको जनाइएको छ।

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र नयाँ प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी तोकिएको छ। राष्ट्रपति पौडेलले तोकेअनुसार आगामी फागुन २१ गते आमनिर्वाचन हुनेछ।

शुक्रबार नै उनले पद तथा गोपनीयताको शपथ पनि लिएकी छिन्।


ताजा खबर