नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै सेनाले साँझ जारी कर्फ्यू भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको हो । त्यसपछि परिस्थिति हेरेर थप निर्णय गर्ने बताएको छ । यस्तै सेनाले आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरूलाई दण्डनीय अपराधका रूपमा लिएर सुरक्षाकर्मीबाट कडा कारबाही हुने पनि बताएको छ ।