२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य भवनमा आगजनी गरेका छन्। भवनका कोठा-कोठामा आगो फैलिएको छ।सिंहदरबार राणाकालीन ऐतिहासिक सम्पदा भएकोले यसको क्षति राष्ट्रिय दृष्टिले गम्भीर मानिएको छ। मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत महत्वपूर्ण कार्यालयहरू रहेका छन्।
अत्यन्तै चकित लाग्दो कुरा के छ भने, सिंहदरबारका चारवटै गेटमा सुरक्षाकर्मी उपस्थित थिएनन्, जसका कारण प्रदर्शनकारीहरू सजिलै प्रवेश गर्न सफल भए।