२४ भदौको आन्दोलन : सर्वोच्च अदालत जलेर तहसनहस

२०८२, २४ भाद्र मंगलवार १९:१२

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलन उग्र बन्दै गएसँगै सर्वोच्च अदालतमा पनि आगजनी भएको छ। प्रदर्शनकारीहरूले सिंहदरबारपछि सर्वोच्च अदालतलाई निशाना बनाउँदै त्यहाँ रहेका कागजात जलाइदिएका छन्। उग्र भीडले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलगायत सिंहदरबारभित्रका अन्य मन्त्रालयहरूमा पनि आगजनी गरेको जनाइएको छ। राजधानीभर फैलिएको यो आन्दोलन थप आक्रामक बन्दै गएको छ ।


ताजा खबर