मेयर बालेनको आह्वान : जेनजी आन्दोलनमा संयम अपनाउन आग्रह

२०८२, २४ भाद्र मंगलवार १५:३७

२४ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह (बालेन) ले प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूसँग संयमित हुन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत मेयर शाहले लेखेका छन्, “तपाईं–हामी अब संयमित हुनु जरुरी छ। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला।”


ताजा खबर