बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। माघ ८ गतेदेखि १९ गतेसम्म महोत्सवको लागि नौवटा उपसमिति गठन गरेर विभिन्न जिम्मेवारी तोकिएको छ। यहाँ प्रस्तुत छ महोत्सवका मुख्य तयारीका बुँदाहरू:
महोत्सव मूल आयोजक समिति
- संयोजक: विशाल थापा
- सचिव: कुशल खतिवडा
- कोषाध्यक्ष: युवराज निरौला
- सदस्यहरू: रमेश घिमिरे, अनन्तलाल महतो, दिनेश श्रेष्ठ, डिल्लीराम कोइराला, शत्रुघनप्रसाद गुप्ता, सुष्मा उप्रेती सुवेदी
गठित उपसमिति र तिनका जिम्मेवारी
- अनुगमन समिति
- संयोजक: गोमा भट्टराई
- सदस्यहरू: कृष्णप्रसाद बजगाईं, युवराज कार्की पर्वत, सुशीलाकुमारी कार्की
- अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति
- संयोजक: प्रकाश शिवाकोटी
- बैंक, वित्तीय तथा सहकारी स्टल व्यवस्थापन उपसमिति
- संयोजक: निर्मल भट्टराई
- स्टल तथा स्टेज निर्माण व्यवस्थापन उपसमिति
- संयोजक: राजकुमार घिमिरे ‘राजु’
- सदस्य: विश्वेश्वरप्रसाद बजगाईं
- सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम व्यवस्थापन उपसमिति
- संयोजक: जीवनकुमार खड्का
- सचिवालय व्यवस्थापन र विद्युत प्राधिकरण संयोजन उपसमिति
- संयोजक: पुकार बराल
- सदस्यहरू: राजु गौतम, रुद्रप्रसाद भुर्तेल
- दैनिक कारोबार तथा टिकट व्यवस्थापन उपसमिति
- संयोजक: राजकुमार शाह
- सदस्यहरू: दिनेश श्रेष्ठ, युवराज कार्की
- मञ्च व्यवस्थापन उपसमिति
- संयोजक: तिलोत्तमा खत्री
- सदस्यहरू: शत्रुघनप्रसाद गुप्ता, केदार खनाल, सुशीलाकुमारी बस्नेत
- स्थानीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन र स्वास्थ्य सेवा व्यवस्थापन उपसमिति
- स्थानीय सांस्कृतिक कार्यक्रम संयोजक: दिनेश श्रेष्ठ
- स्वास्थ्य सेवा व्यवस्थापन संयोजक: कृष्णप्रसाद बजगाईं
महोत्सवका उद्देश्य
- स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नु।
- आर्थिक गतिविधिलाई तीव्रता प्रदान गर्दै उद्योग, व्यापार, र वित्तीय क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्नु।
- स्थानीय संस्कृति, कला, र परम्परालाई प्रवद्र्धन गर्नु।
विशेष कार्यक्रमहरू
- सांस्कृतिक र साङ्गीतिक कार्यक्रमहरू।
- वित्तीय स्टल र सहकारी प्रदर्शनी।
- स्थानीय उत्पादन र सेवाका प्रदर्शनी।
- अन्य आकर्षक गतिविधिहरू।
यस महोत्सवले झापा जिल्लालाई आर्थिक र सांस्कृतिक केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Comments