बाढीपहिरो र डुबानले १०० जनाको मृत्यु, ६७ जना बेपत्ता, ३०३९ जनाको उद्धार

२०८१, १३ आश्विन आईतवार ०८:०५

बाढीपहिरो र डुबानका कारण हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी १०१ जना घाइते भएका छन्। ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु र पाँचथरमा ५/५, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, दोलखामा ३, सिन्धुली र धनकुटामा २/२, महोत्तरीमा २, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी, र नुवाकोटमा १/१ जनाको मृत्यु भएको छ।

खोजी र उद्धारका लागि ९९८३ सुरक्षाकर्मी परिचालन गरिएको र हालसम्म ३०३९ जनाको उद्धार गरिएको जानकारी प्रवक्ता तिवारीले दिएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु