बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१ गते बिहान ६ बजे हुने भएको छ। यस बिर्तामोड रनमा महिला र पुरुष दुबैको सहभागिता हुनेछ।
स्वास्थ्यको लागि खेलकुदको महत्त्वलाई उजागर गर्दै आयोजित यो बिर्तामोड रन लाई बिर्तामोड नगरपालिका खेलकुद समितिको वाड नं. ३ ले सहयोग गरेको छ। यस कार्यक्रमको उद्देश्य नागरिकहरूलाई शारीरिक स्वास्थ्यप्रति जागरूक गराउनु र सक्रिय जीवनशैलीको प्रोत्साहन गर्नु हो।
बिर्तामोड रनमा भाग लिन चाहने व्यक्तिहरूको लागि आजैबाट अनलाइन दर्ता खुला गरिएको छ। दशैं र तिहारको उमङ्गमय अवसरमाकाग तिहारको दिन, बिहान ६ बजेको तयारी गरिएको छ। बिर्तामोड रन सैनिक बजारबाट सुरुवात भई बिर्ता बजारमा अन्त्य हुनेछ। दर्ता प्रक्रियाको लागि इच्छुक सहभागीहरूले अनारमनी सोशल यूथ क्लबको आधिकारिक फेसबुक पेज वा क्लाउडमा उपलब्ध दर्ता फारम भरि जानकारी पाउन सक्नुहुनेछ ।
बिर्तामोड रनको आयोजनाले समुदायमा खेलकुदको योगदानलाई अझ बलियो बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस कार्यक्रमले स्वस्थ जीवनशैली र सामाजिक मेलमिलापलाई प्रोत्साहित गर्दै स्थानीय युवाहरूलाई पनि खेलकुदमा सहभागी गराउनेछ।
प्रतिस्पर्धामा भाग लिन चाहने सहभागीहरूलाई बिर्तामोड रनको लागि अनारमनी सोशल यूथ क्लबमा सम्पर्क गर्न सक्नुहुनेछ ।