“साइबर अपराधमा दुर्गा प्रसाईंको पक्राउ: अदालतले अनुसन्धानका लागि ३ दिनको म्याद दियो”

२०८१, ७ आश्विन सोमबार १०:३२

काठमाडौं – साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडाैं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार, प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागिएको थियो, तर अदालतले तीन दिनको मात्रै म्याद दिएको छ।

नेपाल प्रहरीले प्रसाईंलाई आइतबार दिउँसो भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अपराधको आरोप लगाएर उजुरी परेको थियो। असोज २ गते काठमाडौँ जिल्ला अदालतबाट उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो।

प्रसाईंको पक्राउपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए, र यस क्रममा केही समर्थकलाई पनि पक्राउ गरिएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु