लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

२०८१, ४ आश्विन शुक्रबार १२:१४

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू धमाधम भइरहेको छ।

आगामी असोज १४ गते (सोमबार) उनको एकल सांगीतिक साँझ हुन लागेकोमा विभिन्न संघसंस्था र सामाजिक व्यक्तित्वहरूले सहयोग गरिरहनुभएको गायक तथा सर्जक रामचन्द्रले बताउनुभएको छ।।

‘रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ–२०८१’ नाम दिइएको कार्यक्रमको आयोजकमा गुल्मी कलाकार समाज छ। लोक गायिका मञ्जु पौडेल कार्यक्रम संयोजकका रूपमा छिन्।

पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेका चन्दले त्यहाँ आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।

उनले गीतमा सहकार्य गरेका गायिकाहरू शर्मीला गुरूङ, लक्ष्मी न्यौपाने, शान्तिश्री परियार, टिका पुन, देवी घर्ती,  लगायतले सांगीतिक साँझमा चन्दलाई साथ दिनेछन् ।

चन्द लामो समयदेखि लोकदोहोरी गायन एवं सर्जनको रूपमा सक्रिय छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु