काठमाडौं । प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ।
मुम्बइको ब्रीच क्याण्डी अस्पतालमा उपचाररत टाटाको बुधबार राति निधन भएको टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ। उहाँको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।
टाटाको निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेताहरू लगायत अन्य दिग्गज व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्। भारतीय उद्योगलाई विश्वमञ्चमा स्थापित गराउनमा महत्वपूर्ण भूमिका खेलेका टाटालाई भारत सरकारले पद्मविभूषणबाट सम्मानित गरेको थियो।
Comments