झापा। हक्की स्वभाव भएकै कारण पूर्वमन्त्री केशवकुमार बुढाथोकी कांग्रेसभित्र ‘सेतो बाघ’ उपनामले परिचित थिए । युवावस्थामा अत्यन्त जोशिला र आँटिला रहेका बुढाथोकीको हिम्मत जीवनको अन्तिम कालसम्म पनि कायम देखियो । उनी कहिल्यै कसैको सामु झुकेनन् ।

दार्जिलिङमा पढ्दाखेरिका सहपाठी पूर्वराजा स्व. वीरेन्द्र शाहसंग होस् वा पार्टीभित्रकै सभापतिदेखि अन्य नेताहरुसंग, मनमा लागेको कुरा स्पष्ट बोल्ने बानीका कारण उनी कतिपय अबस्थामा विवादमा पनि परेका थिए । गत वर्षको मंसिर ४ को प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनमा उनी झापा क्षेत्र नं २ मा उम्मेदवारको आकांक्षी रहेका थिए । तर, गठबन्धनले नेकपा माओवादी केन्द्रका हरि रानालाई टिकट दिएपछि असन्तुष्ट बनेका उनले निर्वाचनमा भाग नै लिएनन् । स्वास्थ्य उपचारका लागि अष्ट्रेलिया गए ।

पाँच वर्ष लामो चुनावी विश्रामपछि बुढाथोकी झापा २ बाट उठ्न खोजेका थिए । आफूले यसअघि दुई पटक जितेको क्षेत्र झापा ४ (यसअघिको झापा ५) छाडेर उनले यसपटक झापा २ मा ठूलो इच्छा राखेका थिए । तर, उनले टिकट नै पाएनन् । कांग्रेसभित्र गुटको राजनीति हावी भइरहँदा पछिल्लो समय सबैलाई मिलाएर लैजाने उनले प्रयत्न गरेका थिए । नेता कृष्णप्रसाद सिटौलानिकट रहेका देउकुमार थेबेलाई जिल्ला सभापति जिताउन उनले गरेको सहयोग स्मरणीय छ । यद्धपि गत वर्षको निर्वाचनपछि तिनै जिल्लाका नेताहरुसंग उनको तिक्तता बढेको थियो । उद्धव थापा मुख्यमन्त्री बन्ने प्रक्रियाप्रति उनले असहमति जनाएका थिए । जुन विवाद कांग्रेस केन्द्रीय समितिको बैठकसम्म पुगेको थियो ।एकै ठाउँ अर्जुनधारामा रहेर राजनीति गरेका थापाले बुढाथोकीलाई आफ्नो अभिभावकको रुपमा मान्दै आएका थिए । हिजो अन्त्येष्टिका दिन भावविह्वल देखिएका थापाले भन्दै थिए,‘उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो ।’

बुढाथोकीलाई हेभिवेट नेताको रुपमा लिइन्थ्यो । पञ्चायतकालदेखि नै चुनाव लड्दै, धेरैजसो जित्दै र केही हार्दै आएका उनी २०६४ को पहिलो संविधानसभा चुनावपछि झनै चर्चामा आएका थिए। झापाका चक्रप्रसाद बाँस्तोला, कृष्णप्रसाद सिटौला, नरेन्द्रविक्रम नेम्वाङ लगायतका नेताहरू सबैले माओवादी उम्मेद्वारसँग पराजय व्यहोर्दा बुढाथोकी भने त्यसबेला चुनाव जित्न सफल भएका थिए । २०४८ मा कांग्रेसबाट टिकट नपाउने भएकै कारण उनी राप्रपामा लागेर झापामा चुनाव लडेका थिए। २०४२ मा राष्ट्रिय पञ्चायत सदस्यमा ६२ हजार मत ल्याएर विजयी भएका उनी मरिचमान सिंहको प्रधानमन्त्रीत्वकालमा जलस्रोत सहायक मन्त्री बनेका थिए। २०४६ को जन–आन्दोलनका बेला बहुदलका पक्षमा वक्तव्य दिएपछि उनलाई उनका दार्जिलिङ सहपाठीसमेत रहेका राजा वीरेन्द्रले मन्त्रीबाट बर्खास्त गरे।

जब उनी मन्त्रीबाट हटाइए, फर्केर झापा आउँदा उनलाई जिल्लाका कांग्रेस नेताहरूले परपरैको व्यवहार गरेको उनले पुस्तकमा उल्लेख गरेका छन्। पुस्तकका अनुसार दार्जिलिङमा वीरेन्द्र उनका क्लासमेट थिए भने ज्ञानेन्द्र र धीरेन्द्र जुनियर थिए। राजपरिवारसँगको सम्बन्ध, पञ्चायतको चुनाव लडेर मन्त्रीसमेत भएकै कारण कांग्रेसका झापाली नेताले आफूलाई पूर्वाग्रह राखेको उनले पुस्तकमा उल्लेख गरेका छन्। २०४८ मा राप्रपाबाट चुनाव लडेका उनी २०५० मा सीके प्रसाईकै हातबाट टिका लगाएर कांग्रेस फर्किए। र, २०५१ मा झापामा केपी ओलीविरूद्ध चुनाव लडे। ओलीसँग उनी पराजित भए।

२०५६ मा उनले टिकट पाएनन्। तर, त्यसबेला टिकट नपाउँदा उनले विद्रोह भने गरेनन्। काँग्रेस विभाजित भएपछि प्रजातान्त्रिक कांग्रेसको झापा सभापति भए। पार्टी एकता भएपछि पहिलो संविधानसभा चुनाव लड्दा जिल्लामा उनी एक्लैले सफलता पाए। पार्टी एकीकरणपछि पहिलो संविधान सभाको निर्वाचन २०६४ मा बुढाथोकीले झापाको तत्कालीन क्षेत्र नं ५ मा कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने मौका पाए ।

निर्वाचन पनि जितेर देखाए । पहिलो संविधान सभा चुनावमा कांग्रेसले देशैभर नराम्रोसँग पराजय ब्यहोर्दै गर्दा झापाका तत्कालीन निर्वाचन क्षेत्रहरु ७ वटा थिए । जसमध्ये क्षेत्र नं ५ मा मात्रै कांग्रेसको जित गराएर झापा जिल्ला लाल किल्ला हुनबाट जोगाएका थिए बुढाथोकीले ।त्यसबेला उनीसँग तत्कालीन नेकपा माओवादीका हर्क पराजित भएका थिए ।

संविधान सभा विघटनपछि २०७० मा भएको निर्वाचनमा उनी साविक झापा ५ कै भूगोल (हालको क्षेत्र नं ४) बाट संविधान सभा सदस्यका रुपमा निर्वाचित भए ।७० को निर्वाचनमा भने सो क्षेत्रमा उनीसँग चुनावी मुकाबिलाका लागि नेकपा एमालेले व्यवसायी नेता एलपी साँवालाई उतारेर टक्कर दिने प्रयास गरेको थियो । साँवा र बुढाथोकीबीचको कडा चुनावी टक्करमा बुढाथोकी निर्वाचित भए ।

उनी २०७२ मा मुलुकको संविधान जारी भएपश्चात् २०७३ बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बने। त्यसअघि उनी जलस्रोत सहायक मन्त्री भइसकेका थिए। उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री भएका थिए ।

बुढाथोकी ६ दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय थिए । पञ्चायतकाल अर्थात् २०२४ सालमा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा उदाएका थिए । पञ्चायत सत्ताको विरोध गरेका कारण उनको परिवार निर्वासनमा पनि परेको थियो । त्यही प्रेरणाबाट उनी राजनीतिमा आएको उनलाई चिन्नेहरू बताउँछन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago