काठमाडौं- आम मानिसमात्र होइन संसारभरका अटोमोटिभ उद्योगका प्रतिनिधि र कयौँ नीतिनिर्माताहरू ब्याट्रीमा आधारित पूर्णविद्युतीय सवारीका बारेमा शंका मानिरहेका छन्। यसरी शंका मान्ने र अतिरिक्त प्रश्न गर्नेहरूले किन ईभी ब्याट्री सस्तिँदै गरेको र थप स्वच्छ हुँदै गरेको भन्ने बारेमा राम्ररी चासो दिएका छैनन्। धेरैलाई अझै पनि विद्युतीय सवारी विकल्पका रुपमा आइसकेको पत्यार लागेको छैन।
त्यसरी शंका मान्नेहरूले भन्ने गरेका छन् कि ब्याट्रीको लागत निकै महँगो छ र भविष्यमा यो अझै महँगो हुनेछ। यतिमात्र होइन उनीहरूको राय केसम्म हुने गरेको छ भने ब्याट्री उत्पादन निकै प्रदूषित रहेको र भविष्यमा अझै प्रदूषित हुनेछ। त्यस्तै उनीहरूले विद्युतीय सवारीको ब्याट्री निकै गरुङ्गो रहेको र आगामी दिनमा थप गरुङ्गो हुने भन्दै आएका छन्।
योभन्दा पनि अझै अघि बढेर उनीहरूले भन्ने गरेका छन् कि अहिले नै ब्याट्रीमा आधारित विद्युतीय कारको उपलब्धता कम छ भने भविष्यमा त यो पाउनै सकिँदैन।
तर यसरी गरिने तर्क र विभिन्न माध्यमबाट आउने गरेका सामाग्रीहरू धेरै हदसम्म भ्रमपूर्ण हुन्। युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस)ले अध्ययन गरेर सार्वजनिक गरेको डेटाअनुसार उल्लेखित कुराहरू भ्रम हुन्। सवारी उत्पादक कम्पनीहरूले गरेको लगानी, भइरहेको खोज र तीव्रता पाएको अनुसन्धानले के भन्छ भने ब्याट्रीको लागत उल्लेख्य रुपमा घट्दै छ, पहिलेको भन्दा स्वच्छ, हलुका र पर्याप्त उपलब्ध हुनेछ।
प्रविधिको लागत साघुँरिँदै
टेक्नोलोजी कस्ट कर्भ (टीसीसी) अर्थात प्रविधिको तीव्र विकासका कारण प्रविधि सिर्जित लागत कम हुँदै गएको छ। यसको प्रत्यक्ष लाभ भनेको उत्पादन लागत कम हुनु र उत्पादन क्षमता बढाउन सक्नु हो। ७ वर्षअघि अर्थात २०१६ मा टेस्लाको ब्याट्री उत्पादन लागत प्रतिकिलोवाट आवर २ सय अमेरिकी डलरभन्दा बढी थियो। २०२२ को अन्त्यसम्ममा आइपुग्दा यो लागत घटेर १ सय अमेरिकी डलरभन्दा कम भइसकेको छ।
अहिलेको सवाल भनेको लागत घट्नु मात्र नभइ क्षमता विस्तारले मारेको फड्को पनि हो। यी विषय अर्थात चर्चित टेक्नोलोजी ‘कस्ट कर्भ मोरेज् ल’मा आधारित छन्। यसले के व्याख्या गर्छ भने कम्प्युटिङ पावरको विकासले लागत करिब आधा गरेको छ भने उत्पादन करिब दोबर भएको छ। यो चक्र हरेक १८ महिनामा बदलिँदै आएको छ। टीसीसीको समरुपताका कारण यो यति उल्लेखनीय र सहज बनको हो।
सबै क्षेत्रमा सीटीसी त्यति राम्ररी देख्ने गरेको पाइँदैन जति विद्युतीय सवारीको ब्याट्रीमा देखिएको छ। ब्याट्रीको लागत हरेक ५ वर्षमा आधार भइरहेको र घनत्व १२ वर्षमा दोबर भइरहेको छ। टीसीसीका लागि समयक्रमअनुसार विज्ञानले महत्वपूर्ण भूमिका खेलेको क्लिन टेक्निकाले विस्तृत रिपोर्टमा लेखेको छ। नयाँ सोचलाई प्रविधिमा बदल्न करिब १० वर्ष लाग्दै आएको छ। त्यसैले कार्यान्वयनयोग्य विज्ञानको विकास भएका र त्यो भनेको टीसीसीले अबको १० वर्षसम्म काम गर्नेछ।
एक्सपेरियन्स कर्भ
अन्य व्यक्तिले राइट्स लको प्रयोग गरेर लागत घट्ने अनुमान गर्छन् तर राइट्स लले एस सेपमा एक्सपेरियन्स कर्भ हुने व्याख्या गर्छ। यसको सारका रुपमा उत्पादन सञ्चित रुपमा दोबर हुने र लागत स्थिर प्रतिशतमा घटिरहने हुन्छ।
अर्को शब्दमा भन्दा लामो अनुभवसहित कुनै निश्चित वस्तु उत्पादन हुँदा त्यसको उत्पादन छिटो हुने र सस्तो हुन जान्छ। सुरुमा यो दर अत्याधिक हुन्छ र सयमक्रमअनुसार घट्दै जान्छ। यता मोरेज् ल भने उत्पादन दरमा मात्र आकर्षित हुन्छ समयसँग खासै चासो राख्दैन।
मूल्यमात्र महत्वपूर्ण होइन, अनुमानित विकास क्षमता पनि त्यति नै महत्वपूर्ण
उल्लेखित दुवै प्रकारका सिद्धान्त समयक्रमअनुसार घट्दो मूल्यलाई मूल्यांकन गरेरै प्रतिपादन भएका हुन्। अब करणीय सम्बन्धका आधारमा हेर्दा राइटमा समयभन्दा बढी उत्पादन संख्यामा केन्द्रित हुन्छ। राइटस् ल र टीसीसी दुवै भिन्दाभिन्दै तवर उपयुक्त तरिकाले लागु हुन्छन्।
राइटस् ल जटिल उत्पादनमा कार्यान्वयन योग्य हुन्छ। यो मुख्यगरी उड्डयन उद्योगमा लागु हुन्छ जसमा लागत र कुन प्लान्ट कति छिटो बनिरहेको छ भन्ने हिसाब गर्छ। साथै यो न्युक्लियर पावर प्लान्ट र कार उत्पादनमा पनि लागु हुन्छ। यता टीसीसी विशेषतः एकल पार्ट उत्पादन जस्तो कि चिप, हार्डडिस्क तथा ब्याट्रीलगायतमा बढी आकर्षित हुन्छ। मोरेज् ल पनि टीसीसी जस्तै मूल्यमा भन्दा उत्पादनको बहुआयामिक पक्षमा केन्द्रित छ।
ब्याट्रीका लागि कति अपेक्षा गर्ने भन्ने महत्वपूर्ण
ब्याट्री र यसको प्रयोगका आधारमा यसलाई तुलनायोग्य अवस्था छ। उत्पादन क्षमता हरेक १२ वर्षमा दोबर हुने र ईभी ब्याट्रीको मूल्य हरेक ५ वर्षमा ५० प्रतिशत मूल्य घटिरहेको छ। २०२० को तुलनामा २०३० सम्म पुग्दा अहिलेको ब्याट्रीको तौल समान रहँदा उत्पादन दोबर भएर मूल्य आधा घट्ने छ वा अहिलेको ब्याट्रीको तौल आधा घट्दा उत्पादन समान भएपनि मूल्य भने अहिलेको भन्दा एक चौथाइमात्र हुनेछ।
यो सबै कुराले नयाँ उत्पादन योजनामा धेरै जानकारी दिनेछ जसले आवश्यकताको पूर्ति गराउन मद्दत गर्नेछ। केही वर्षअघिसम्म साना कारमा मात्र उपयुक्त देखिएको ब्याट्री अहिले पिकअप ट्रकदेखि सेमिट्याक्टरसम्ममा उपयोगी भइसकेको छ। अबको दुईदेखि चार वर्षमा युरोप तथा एसियामा विद्युतीय कार निकै उपयोग भइरहेको हुनेछ। त्यो पनि ज्यादै सस्तो मूल्यको ब्याट्री अर्थात अहिलेको आईसी कारकै मूल्यसरह ईभी आइसक्ने छ।
यो प्रविधि इम्प्रुभमेन्ट लले अनुमान नै नगरेको तीव्र गतिमा चार्ज हुने र निकै सुरक्षित तवरले ब्याट्री चार्ज हुनेछ। त्यतिबेलासम्म कोबाल्टजस्ता सहजै उपलब्ध कच्चा पदार्थको प्रयोग ब्याट्रीमा धेरै हुनेछ। यसको पुष्टी अहिले नै पनि ठूला ब्याट्री उत्पादन सीएटीएल, टेस्ला, पानासोनिक, एजी सेमलगायतले गरेको प्रयोगबाटै हुन्छ।
पर्याप्त ब्याट्री उत्पादन सम्भव छ
विद्युतीय सवारी उद्योगलाई आवश्यक पर्ने ब्याट्री उत्पादन हुन सक्दैन भन्ने कथन टोयोटा प्रियस जत्तिकै पुरानो भइसक्यो। सुरुवाती समयमा त्यतिबेलाका विद्युतीय सवारीलाई पुग्नेगरी उत्खनन् गर्न सकिने लिथियम नै छैन भन्ने बुझाइ थियो। अहिले पर्याप्त मात्रामा भएको कच्चा पदार्थ उत्खनन् गर्न नसक्दा विद्युतीय सवारीका लागि चाहिने ब्याट्री सुपथ मूल्यमा पाउन सकिएको छैन। त्यसैले अहिले पूर्णविद्युतीय सवारी संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको यथार्थ हो।
अटोमोबाइल उद्योग र यससँग सम्बन्धित विज्ञहरूको विज्ञताका कारण उद्योगले सफलतापूर्वक बजारको मागलाई जेनतेन सम्बोधन गर्नेगरी उत्पादन गरिरहेको छ। मागअनुसारको उत्पादन क्षमता नबढ्दा बजारमा ब्याट्री सर्टेजनजिक रहेको विश्लेषकहरूले बताउँदै आएका छन्। तर उद्योगीहरूले कच्चा पदार्थको प्रशोधनलाई अहिलेको भन्दा बढाउँदै लगेमा आगामी दिनको माग धान्नेगरी उत्पादन क्षमता भने पक्कै बढ्ने छ जुन आजको आवश्यकता हो।
अमेरिकी भूगर्भ संस्था यूएसजीएसका अनुसार सडक यातायातमा चल्ने जतिपनि सवारी छन् वा आउने छन् त्योभन्दा तेब्बर बढीलाई पुग्ने लिथियम स्रोत पृथ्वीमा सुरक्षित छ। लिथियम पर्याप्त रहेको र यो अन्य कामका लागि कमै मात्रामा प्रयोग हुनेछ।
कुरा गरेभन्दा स्वच्छ छ ब्याट्री उत्पादन
हरित ऊर्जाको माग बढिरहेको र यही कारणले यातायातको लागतमा पनि कमी आउँदै गएको छ, त्यसको कारक हो नयाँ प्रविधि। ब्याट्री उत्पादनमा सीओटू फुटप्रिन्ट प्रणालीगत रुपमै धेरै हुन्छ भन्ने आम बुझाइ छ। यता पहिलो गलत बुझाइ नै के छ भने फलाम र स्टिल उत्पादनमा जस्तै कार्बनडाइअक्साइड (सीओटू) उत्पादन ब्याट्री उत्पादनमा पनि हुन्छ।
दोस्रो समस्या के हो भने अन्य औद्योगिक उत्पादनमा जस्तै ऊर्जाको खपत गरिने कारणले सीओटू उत्पादन हुन्छ। तर हरित उद्योगमा काम गर्नेहरूले औद्योगिक उत्पादनका लागि हरित ऊर्जाकै स्रोत प्रयोग गर्ने गरेका छन्। त्यसैले यहाँ सीओटू उत्पादन स्वभाविक रुपमा न्यून हुन्छ। जब ब्याट्री उत्पादन उद्योगले हरित ऊर्जाको स्रोतहरू वायु, पानी र सूर्यको प्रयोग गर्छन त्यतिबेला सीओटू उत्पादन लगभग शून्य हुन्छ। उदाहरणका लागि आइसल्यान्डको आल्मुनियम प्लान्टले जिओथर्मल इनर्जी प्रयोग गरिरहेको हुन सक्छ। नभिडाको गिगाफ्याक्ट्रीले जलविद्युत र केही मात्रामा सोलार प्लान्टबाट आफूलाई चाहिने ऊर्जा प्रयोग गरिरकेको छ। त्यसैगरी विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक कम्पनी सीएटीएलको शून्य प्रदूषण ब्याट्री प्लान्ट छ।
तेस्रो समस्याका रुपमा पुराना, सानो दायरा भएका अध्ययनहरू छन्। जसले ब्याट्री प्लान्ट पर्याप्त नभएको र अनुमानित ऊर्जाको लागत उच्च देखिने गरेको छ। यी भ्रमपूर्ण समस्याका बीच यातायात लागत तीव्र गतिमा घटिरहेको छ। व्यावसायिक हिसाबमा नाभिडामा रहेको टेस्लाको गिगाफ्याक्ट्री बन्ने कारमा प्रयोग हुने ब्याट्रीको कच्चा पदार्थ कारमा प्रयोग हुनुपूर्व दुईपटक विश्व घुम्छ। उत्पादनलाई केन्द्रिकृत गर्ने र सप्लाइ लाइनलाई छोट्याउँदा उत्पादन लागत र कच्चा पदार्थको यात्राबाट निस्कने सीओटू दुवैमा कमी आउँछ। त्यसैले अहिले देख्न सक्छौँ ब्याट्रीमा प्रयोग हुने कच्चा पदार्थको स्थानीयकरण गर्न धेरैले अग्रसरता दिएका छन्। यसले पक्कै यातायातको खर्च र समयसमेत बचाउनेछ।
त्यस्तै नयाँ प्रविधिले ईभी ब्याट्री उत्पादनका क्रममा हुने कार्बन उत्सर्जनमा कमी आएको छ। उदाहरणका रुपमा सुक्खा इलेक्ट्रोड प्रविधि हो जुन टेस्लाले प्रयोग गरेको छ, यसको प्रोसेसिङ गर्दाको ऊर्जा खपत विगतको तुलनामा १० भागको एक भागमात्र पुग्ने गरेको छ। त्यसैले ब्याट्री उत्पादन प्रक्रिया आफै कार्बन उत्पादनको कारक होइन। आगामी दिनमा ब्याट्री उत्पादन सतप्रतिशत हरित हुनेछ। ब्याट्री उत्पादनमात्र होइन कच्चा पदार्थको प्रशोधन र ढुवानीका क्रममा निस्कने कार्बन उत्सर्जनसमेत न्यून हुँदै जाने निश्चितप्राय छ।
कार्बन उत्सर्जन घटाउन ईएसजीको सहयोग
यसैगरी कार्बन उत्सर्जन घटाउन अन्य विभिन्न अवयवहरूले पनि काम गर्नेछन्। ईएसजी (इभाइरोमेन्टल, सोसियल एन्ड कर्पोरेट गभर्नेन्स)ले अहिले वार्षिक वित्तीय प्रतिवेदन हेर्ने गरेको छ। अब भने ईएसजीमा नयाँ आयामहरू थपिएका छन्। यो भनेको बोर्डमा कति जना महिला सदस्य छन्, बाल कामदार प्रयोग भएको छ/छैन लगायत हेर्नेमात्र होइन कार्बन फुटप्रिन्ट बारेसमेत मूल्यांकन गर्नुपर्ने भइसकेको छ। यसलाई ‘ग्रिनवासिङ’ पनि भन्ने गरिएको छ। ग्रिनवासिङमा शून्य प्रदूषण वा हरित उत्पादनमा कम्पनीले केही न केही गर्नुपर्छ। यो कामको नियमन पनि ईएसजीलाई तय भएको छ।
मानवीय पक्ष
अब बाँकी आशंका भने एउटा मात्र हो, त्यो भनेको ब्याट्री प्रयोगबाट हुने भविष्यको यातायात प्रणालीलाई मानिसले कसरी स्वीकार्छन्? अहिले पनि कयौँ मानिसहरू आईसी इन्जिनयुक्त सवारीलाई बिदाइ गरिहाल्ने मुडमा छैनन्। छिमेकीले चलाएको ब्याट्रीमा आधारित विद्युतीय कार कति सक्षम छ भनेर धेरै मान्छे मूल्यांकनकै क्रममा भएको पाइन्छ। के उनीहरूले कम्तीमा ६ स्पीडको म्यानुअल ट्रान्समिसन ईभी पाउँछन् ? के उनीहरू सानो ग्यासोलिन कार र नियमित रुपमा पेट्रोल स्टेसन जानुपर्ने लतमा छन्? सायद कोही प्रतिकिलोमिटर दुरी तय गर्न अहिलेभन्दा चौबर खर्च गरेर हाइड्रोजन फ्युलसेल कार पो पर्खिरहेका छन् की ?
न्यू इनर्जी सवारीबारे मानिसहरू अहिले पनि चञ्चल छन्। उनीहरूले के छनोट गर्छन् तिनीहरूलाई अहिले नै थाहा छैन। उल्लेखित सबै विषयलाई आधार मान्दा र विश्वले चाहेको कुरालाई अनुसरण गर्दा एकदेखि दुई दशकसम्म ब्याट्रीमा आधारित विद्युतीय सवारी नै धेरैको रोजाइमा पर्ने देखिन्छ।