बिर्तामोड साना शहरी खानेपानी मेघराजको लोकतान्त्रिक राष्ट्रवादी प्यानल निर्वाचित

२०८०, १६ जेष्ठ मंगलवार २१:११

बिर्तामोड। बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा मेघराज बास्तोला नेतृत्वको सिंगो लोकतान्त्रिक राष्ट्रवादी प्यानल भारी मतान्तरले विजयी भएको छ ।

अध्यक्षका प्रत्यासी देवेन्द्र सिटौलालाई १५९३ मतको फराकिलो मतान्तरले हराउँदै बास्तोला निर्वाचित भएका हुन् ।

बास्तोलाले २४६६ मत ल्याउँदा सिटौलाले मात्र ८७३ मत पाएका छन् ।त्यस्तै अन्य पदाधिकारी र सम्पूर्ण सदस्य पनि सोही प्यानलले जितेको छ।

उपाध्यक्षमा शैलेन्द्र सिटौला २०२८, सचिव पारस मैनाली २३४४ ,कोषाध्यक्ष शारदा रिजाल १५२१, खुल्ला सदस्यमा आनन्द गुरुङ १८१६, खगेन्द्र थापा १५९६ ,महिला सदस्यमा बालादेवी खरेल १८७६ , माया प्रधान खड्गी १९१४ र कमला अग्रवाल १८४४ मत ल्याइ निर्वाचित भएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु